काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका छन्।

शुक्रबार अध्यक्ष लिङ्देनले गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै जिम्मेवारीबाट हटाएका हुन्। राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले गिरीलाई पदमुक्त गरिएको जानकारी दिएका छन्।

advertisement

पार्टी स्रोतका अनुसार पछिल्लो समय गिरीको गतिविधि पार्टीको नीति र नेतृत्वविरुद्ध रहँदै आएको भन्दै अनुशासनको आधारमा यस्तो निर्णय लिइएको हो। गिरीसहित केही नेताहरूले हालै नेतृत्वविरुद्ध सार्वजनिक रूपमा असहमति जनाउँदै विज्ञप्ति समेत जारी गरेका थिए।

राप्रपामा पछिल्लो समय आन्तरिक विवाद चुलिँदै गएको सन्दर्भमा गिरीको बर्खास्तीलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। पार्टीले अनुशासन कायम राख्न र आन्तरिक एकता सुदृढ गर्न नेताहरूलाई कडा सन्देश दिन थालेको संकेत देखिएको छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com