काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठक स्थगित भएको छ । शनिबार बिहान ११ बजे बस्ने गरी शुक्रबारको बैठक स्थगित भएको हो ।
शुक्रबार बसेको बैठकमा केही स्थायी कमिटी सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए। बैठकमा सहभागी नेताहरूले पार्टीको आन्तरिक कार्यशैली, आगामी रणनीति र विभिन्न राजनीतिक सन्दर्भमा आफ्ना विचार राखेको जनाइएको छ।
त्यस्तै, बैठकमा एमालेको विधान संशोधनसम्बन्धी प्रस्ताव पनि औपचारिक रूपमा प्रस्तुत गरिएको थियो।
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया