काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता गरेको डेढ साता बितिसक्दा पनि पार्टीका मन्त्री अरुणकुमार चौधरीको राजीनामा स्वीकृत हुन सकेको छैन।
नाउपाले असार २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी सभामुख देवराज घिमिरेमार्फत संसद सचिवालयलाई गराइसकेको छ। त्यसयता संसद्मा नाउपाका सांसदहरू प्रतिपक्षी बेञ्चमा बस्न थालेका छन्।
सरकारबाट समर्थन फिर्ता गरेपछि नाउपाबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका अरुणकुमार चौधरीले राजीनामा दिएका थिए। तर उनको राजीनामा प्रधानमन्त्री कार्यालयले अहिलेसम्म स्वीकृत गरेको छैन।
यता, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिएको राजीनामा भने स्वीकृत भइसकेको छ। उनको स्थानमा भगवती न्यौपानेलाई नियुक्त गरेर सपथ पनि गराइसकिएको छ। मन्त्रिपरिषद्मा भएको यो हेरफेर ३१ असारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वेबसाइटमार्फत अपडेटसमेत गरिसकेको छ।
तर मन्त्री चौधरीको नाम भने अझै पनि मन्त्रिपरिषद्को आधिकारिक सूचीमा यथावत् छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीहरूका अनुसार राजीनामा स्वीकृत नहुँदा वेबसाइटबाट नाम हटाउन नसकिएको हो।
नाउपाका नेताहरू भने मन्त्री चौधरीको राजीनामा किन स्वीकृत नभएको भन्ने प्रश्नको जवाफ प्रधानमन्त्रीकै जिम्मेवारी भएको टिप्पणी गर्छन्
प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया