काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश गम्भीर र विचारणीय विषय भएको बताएका छन्।

शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष ओलीले सो विषयमा पार्टीले गहिरो छलफल गरेर उचित निष्कर्ष निकाल्ने स्पष्ट पारे।

advertisement

उनले भने, “राष्ट्रपति जस्तो उच्च र गरिमामय पदमा पुगेको, राष्ट्रको सर्वोच्च प्रतिनिधि भइसकेको, गणतन्त्रको प्रतीक र राष्ट्रिय एकताको प्रतिविम्ब बन्न सफल व्यक्ति फेरि प्रत्यक्ष राजनीतिमा सक्रिय हुन लाग्नु निकै गम्भीर विषय हो। पार्टीले यसबारेमा समयअनुकूल आवश्यक निर्णय लिनेछ।”

ओलीले यसअघि बसेको एमाले सचिवालय बैठकमा पनि यही विषयमा चासो व्यक्त गर्दै गम्भीर छलफलको आवश्यकता रहेको धारणा राखेका थिए।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com