काठमाडौं । सरकारले लोकप्रिय सन्देश आदान–प्रदान एप ‘टेलिग्राम’लाई नेपालमा प्रतिबन्ध लगाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्रामको प्रयोग रोक्न निर्देशन दिएको हो।

प्राधिकरणका अनुसार पछिल्ला दिनमा टेलिग्राम एपलाई अनलाइन ठगी, अवैध धन कारोबार (मनी लाउन्डरिङ) लगायत गम्भीर आपराधिक गतिविधिका लागि प्रयोग गरिएको देखिएकोले यसमा तत्काल रोक लगाइएको हो।

advertisement

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, “नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एपमार्फत अनलाइन फ्रडका घटना बढिरहेका छन्। साथै, मनी लाउन्डरिङजस्ता गम्भीर अपराधमा यसको प्रयोग भइरहेको भन्ने बुझिएकाले उक्त एपको पहुँचमा तत्काल रोक लगाउने वा बन्द गर्ने व्यवस्था गर्न सबै सेवा प्रदायकहरूलाई निर्देशन दिइएको छ।”

अब टेलिग्राम एप प्रयोगकर्ताहरूले नेपालमा यस एप प्रयोग गर्न नपाउने प्राधिकरणले स्पष्ट पारेको छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com