काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले आगामी टी–२० विश्वकप एसिया क्षेत्रीय छनोट प्रतियोगिता लक्षित गर्दै भारतको बैंगलोरमा हुने विशेष बन्द प्रशिक्षणका लागि २० खेलाडीको सूची सार्वजनिक गरेको छ। कप्तान रोहितकुमार पौडेलसहित २० खेलाडीलाई भारत पठाइनेछ, जहाँ उनीहरूले राष्ट्रिय क्रिकेट एकेडेमीमा विशेष प्रशिक्षण लिनेछन्।

भारतको बैंगलोरमा हुने उक्त प्रशिक्षण क्यानको समन्वयमा भारतीय दूतावास र भारतीय क्रिकेट बोर्डको सहयोगमा आयोजना हुन लागेको हो।

advertisement

क्यानले क्लोज क्याम्पमा रहेका ३२ खेलाडीमध्येबाट २० खेलाडी छनोट गरेको हो। बाँकी १२ खेलाडी भने नेपालमै प्रशिक्षण जारी राख्नेछन्।

विशेष प्रशिक्षणका लागि भारत जान चयन भएका खेलाडीको सूचीमा सन्दीप लामिछाने छैनन्। उनी बन्द प्रशिक्षणमा पनि अनुपस्थित रहँदै आएका छन्। यस्तै, राष्ट्रिय टिममा पुनरागमन गरेका मोहम्मद आदिल आलम पनि भारत जाने सूचीमा परेका छैनन्। उनी क्लोज क्याम्पमा रहेका भए पनि अन्तिम २० मा स्थान बनाउन असफल भए। त्यहीँ मौका युवा स्पिनर युवराज खत्रीले पाएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट एकेडेमी, बैंगलोरमा हुने विशेष टी–२० प्रशिक्षण क्याम्पका लागि छनोट भएका २० खेलाडीको नाम सार्वजनिक गरेको छ। भारतको बैंगलोरमा हुने प्रशिक्षण भारतीय क्रिकेट बोर्डको सहयोगमा आयोजना हुँदैछ।

स्पिनर सन्दीप लामिछाने र हालै टिममा पुनरागमन गरेका आदिल आलम सूचीमा छैनन्।

क्यानले यस प्रशिक्षणमार्फत खेलाडीहरूको प्रदर्शन मूल्यांकन गरी आगामी टी–२० विश्वकप एसिया क्वालिफायरका लागि अन्तिम टोली निर्माण गर्ने जनाएको छ।

बैंगलोर जाने खेलाडीहरूको सूची यसप्रकार छ:

1. कुशल भुर्तेल
2. आसिफ शेख
3. लोकेश बम
4. रोहित पौडेल
5. अनिल साह
6. भिम शर्की
7. आरिफ शेख
8. दिपेन्द्र सिंह ऐरी
9. कुशल मल्ल
10. रूपेश सिंह
11. बिबेक यादव
12. रिजन ढकाल
13. प्रतिस जीसी
14. नन्दन यादव
15. युवराज खत्री
16. सहाब आलम
17. सुन्दीप जोरा
18. सागर ढकाल
19. आकाश चन्द
20. शुब कंसंकर

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com