एन्फाले विज्ञप्ति जारी गर्दै भदौ २१ र २४ गते फिफा ईन्टरनेशनल विन्डोअन्तर्गत बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जनाएको हो ।
अन्तर्राष्ट्रिय विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि आवश्यक प्रक्रियाहरू पूरा गरी जुलाई ७, २०२५ मा एएफसी र फिफावाट स्वीकृति प्राप्त भइसकेको एन्फाले जनाएको छ ।
एएफसी एसियन कप छनोट अन्तर्गत भियतनामसँगको दुई खेललाई मध्यनजर गर्दै नेपालले बंगलादेशसँग सो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया