काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले पाँच महिनासम्म सञ्चालन हुने ‘प्रशंसा अभियान २’ सुरु गर्ने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी महासचिव सोनाम सिंह स्याङतानले पहिलो चरणको अभियान प्रभावकारी रहेकाले दोस्रो चरणको अभियान थालिएको जानकारी दिए।

उनका अनुसार ‘प्रशंसा अभियान २’ अन्तर्गत प्रशिक्षण, संगठन विस्तार र सामाजिक परिचालनलाई मुख्य प्राथमिकतामा राखिएको छ। “यो अभियान शासन प्रणालीमा देखिएको बेथिति र भ्रष्टाचारविरुद्ध जनतालाई संगठित गर्ने माध्यम हो,” उनले भने।

advertisement

यसअघि तीन महिनासम्म सञ्चालन भएको पहिलो चरणको अभियान सकिएको र त्यसबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको भन्दै स्याङतानले अब दोस्रो चरणको अभियान पाँच महिना लामो हुने जानकारी दिए।

महासचिव स्याङतानका अनुसार पार्टी आगामी ०८४ सालको निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, नीति तथा कार्यक्रमको पुनरावलोकन र जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ। “हामी अहिले पार्टीको आन्तरिक संरचना बलियो बनाउने काममा केन्द्रीत छौं,” उनले भने।

पार्टीले अभियानमार्फत स्थानीय तहदेखि राष्ट्रिय तहसम्मको संगठन विस्तारलाई समेत सशक्त बनाउने योजना बनाएको छ।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com