काठमाडौं ।  नेकपा एमालेका नेता तथा सासंद सुर्य थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वउपप्रधानमन्त्री वामदेव गौतमबीचको पछिल्लो राजनीतिक निकटतामाथि सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्।

शनिबार फेसबुकमा लेख्दै थापाले दुई वरिष्ठ नेताबीचको आत्मीयता र अंकमाललाई “अर्थ न बर्थको अभिनय” भन्दै व्यङ्ग्य गरेका हुन्।

advertisement

“वामदेवमा माधवकुमारको आनन्द : अर्थ न बर्थको ७७ र ७३ वर्षीय अंकमाल ! ऊर्जाबेगरको अभिनय – २०५४ सालमा यो मतिले काम गरेको भए…? अनि, निशर्त रूपमा विभाजनप्रति पश्चात्ताप गर्दै यस्तो गरेको भए…? लगनपछिको पोते ” थापाले लेखेका छन्।

उनको टिप्पणीमा नेताहरूबीचको ढिलो पुनर्मिलनलाई अब परिणाममुखी वा सार्थक नहुने आशय दिइएको देखिन्छ।

थापाले विगतमा अवसर गुमाएका नेताहरू अहिले पुनर्मिलनको प्रयास गरिरहेको जनाउँदै त्यसलाई “ऊर्जाविहीन अभिनय” र “लगनपछिको पोते” जस्तो ढिलो निर्णयको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्।

गौरतलब छ, पछिल्लो समय *नेकपा एकता वा सहकार्यको सन्दर्भमा वामदेव गौतम र माधवकुमार नेपालबीच भेटघाट तथा राजनीतिक संवाद बढिरहेको छ। यसै सन्दर्भमा थापाले सामाजिक सञ्जालमार्फत आलोचनात्मक प्रतिक्रिया दिएका हुन्।

 

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com