काठमाडौं । अविरल वर्षासंगै पहिरो जाँदा धनकुटाको साँगुरीगढी गाँउपालिका ५ लुम्फाकुङ स्थित निर्माणधिन रवि-राके-भेडेटार सडक खण्ड आज बिहानैदेखि अवरुद्ध बनेको छ।
सडक माथिबाट पहिरो खसेर सडकको दुबैतर्फ नै अबरोध भएको प्रहरीले जनाएको छ। उक्त स्थानमा डाँडाबजारबाट प्रहरी टोलीबाट खटिएको जनशक्तिले सडक खुलाउने पहल भइरहेको छ ।
यसैगरी चौबिसे गाउपालिका ४ मा निर्माणधिन तमोर करिडोर सडक खन्डमा पर्ने छरुवा खोलामा आएको बाढीले बिहानदेखि दुबैतर्फ सवारी साधन आवत जावत बन्द भएको छ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया