काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ छिर्कनमा आइतबार बिहान ७ः३० बजे माइक्रो बस दुर्घटना हुँदा चार यात्रु घाइते भएका छन् ।

पोखराबाट काठमाडौँ जाँदै गरेको बा४ख ८४१३ नं को माइक्रो बस हाईसे चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । थापाका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालका–६ बस्ने वर्ष ४० को रुद्रबहादुर पहाडी, तनहुँको शुक्लागण्डाकी नगरपालिका–५ बस्ने वर्ष ३० को रामु थापा घाइते भएका हुन् ।

advertisement

त्यसै गरी सहचालक धादिङ जिल्लाको गङ्गा जमुना गाउँपालिका–२ बस्ने वर्ष २० को कृष्णबहादुर तामाङ र सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–३ बस्ने वर्ष ५४ को रुद्रप्रसाद कटेल घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com