काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले अनियन्त्रित रूपमा अन्तर्वार्ता दिँदै हिँड्नेहरूप्रति कडा असन्तोष व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले ‘जथाभावी अन्तर्वार्ता दिनेहरूले कानुनी परिणाम भोग्न तयार रहनुपर्छ’ भन्ने चेतावनी दिएका छन्।
‘जथाभावी नबोल्नुस् मित्र’ भन्दै चौधरीले टिप्पणी गरेका छन्। यद्यपि उनले कोही व्यक्तिको नाम भने खुलाएका छैनन्। तर, हालै सार्वजनिक घटनाक्रम हेर्दा उनको यो स्टाटस लक्ष्मण चौधरीलाई लक्षित गरी लेखिएको बुझिएको छ।
केही दिनअघि लक्ष्मण चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सञ्चारमाध्यममा अन्तर्वार्ता दिएका थिए। उनले पार्टी रञ्जिताको नेतृत्वमा अघि बढ्न नसक्ने दाबी गर्दै सार्वजनिक रूपमै आलोचना गरेका थिए।
यसै सन्दर्भमा रेशम चौधरीको चेतावनीपूर्ण भनाइ आएको हो, जसलाई पार्टीभित्रको आन्तरिक विवादको संकेतका रूपमा पनि हेरिएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया