काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग पुनः शान्ति वार्ता सुरु गर्न नयाँ प्रस्ताव अघि सारेको बताएका छन्। पछिल्लो समय दुवै देशबीच वार्ता प्रक्रिया स्थगित हुँदै आएको अवस्थामा उनले यस्तो पहल गरेका हुन्।

जेलेन्स्कीका अनुसार युक्रेनी सुरक्षा अधिकारी रुस्तम उमरोभले आगामी हप्तामा रुसी प्रतिनिधिसँग भेट गर्ने प्रस्ताव अघि सारेका छन्। उनले युद्धविरामका लागि कुनै पनि सम्भावनालाई प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।

advertisement

“स्थायी शान्तिका लागि नेतृत्व तहमै वार्ता हुनु जरुरी छ,” जेलेन्स्कीले भने, “रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ता अहिलेको आवश्यकता हो।”

यसैबीच, हालैका दिनमा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार आपूर्ति गर्ने योजना घोषणा गरेका थिए। साथै उनले ५० दिनभित्र युद्धविराम नभए रुसमाथि भारी कर लगाउने चेतावनीसमेत दिएका थिए।

रुसले भने अमेरिकी चेतावनीलाई अस्वीकार गर्दै कुनै पनि दबाब स्वीकार्य नहुने स्पष्ट पारेको छ। सन् २०२२ मा युक्रेनमाथि रुसले सैन्य आक्रमण गरेपछि सुरु भएको युद्ध अझै जारी छ। शान्ति स्थापना प्रयासहरूबीच अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दो छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com