काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकहरुले लगानी गर्न नसकेको करिब पौने सात खर्ब रुपैयाँ राष्ट्र बैंकले तानिसकेको छ । आइतबार थप ५० अर्ब रुपैयाँ तरलता राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट खिच्ने भएको हो ।

निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत ४२ दिनको लागि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता प्रशोधन गर्न लागेको छ । साँवा ब्याज भुक्तानी आगामी भदौ १५ गते बुझाउने राष्ट्र बैंकले जनाएको छ । निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

advertisement

नयाँ मौद्रिक नीति कार्यान्वयनमा आएपछि केन्द्रीय बैंकले पहिलो पटक निक्षेप सङ्कलन उपकरण बोलकबोल गर्न लागेको हो ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

सोमबारका लागि जारी बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com