काठमाडाैं । सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले ‘तत्काल युद्धविराम’ घोषणा गरे पनि दक्षिणी सिरियामा साम्प्रदायिक झडप जारी छ । अल्पसङ्ख्यक ड्रुज र घुमन्ते समुदायहरूबिच विगत एक हप्तादेखि चलिरहेको हिंसा अझै रोकिएको छैन ।

दुवै समुदायले एक अर्कामाथि अत्याचारको आरोप लगाएका छन् । सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले सरकारी सेना तैनाथ गरेका थिए । तर उनीहरूमाथि ड्रुज समुदायमाथि भएको आक्रमणमा संलग्न भएको आरोप लगाइएको छ ।

advertisement

हिंसामा ९०० भन्दा बढी व्यक्ति मारिएको खबरहरू आएका छन् । इजरायलले सिरियाको राजधानी दमास्कसमा रक्षा मन्त्रालय र सरकारी सेनामाथि आक्रमण गर्दै आक्रमण डुज समुदायको रक्षा गर्न गरिरहेको बताएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com