काठमाडौं । राजधानीको ऐतिहासिक धरहरा अहिले गुगल म्यापमा ‘सेतो टावर’ नाममा देखिएको छ। प्रयोगकर्ताले गुगल म्यापमा सर्च गर्दा धरहराको स्थानमा ‘सेतो टावर’ भनेर देखाइएकाे पुष्टि भएको हो।

यो नाम कसरी परिवर्तन भयो भन्नेबारे सरकारलाई भने जानकारी नभएको पाइएको छ। सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (CPIU) का कार्यवाहक निर्देशक रोशन श्रेष्ठले नाम परिवर्तनबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

advertisement

‘हामीलाई यसबारे कुनै जानकारी छैन, कसैले परिवर्तन गरेको हुनुपर्छ,’ श्रेष्ठले भने, ‘सरकारी तर्फबाट यस्तो परिवर्तन गरिएको होइन।’

२०७२ को भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी अभियानका क्रममा ‘सेतो टावर’ भनेर उल्लेख गरेका थिए। त्यसपछि यो नाम सामाजिक सञ्जाल र सार्वजनिक चर्चामा आएको हो।

गुगल म्यापमा प्रयोगकर्ताले सजिलै स्थानको नाम परिवर्तन गर्न सक्ने सुविधा रहेकाले धरहरा ‘सेतो टावर’को रूपमा देखिन थालेको हुनसक्ने अनुमान छ। तर यसबारेमा सम्बन्धित निकायबाट अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com