काठमाडौं । भियतनामको प्रसिद्ध पर्यटकीय स्थल हालोङ खाडीमा डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको ज्यान गएको छ। खराब मौसमका कारण भएको उक्त दुर्घटनामा कैयौं अन्य अझै बेपत्ता छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाका बेला डुङ्गामा धेरैजसो पर्यटकहरू राजधानी हनोइबाट घुम्न आएका थिए। तीमध्ये ११ जनालाई उद्धारकर्मीहरूले जीवितै पानीबाट बाहिर निकाल्न सफल भएका छन्।

advertisement

दुर्घटनाका बेला पर्यटकहरू डुङ्गा यात्रामा रमाइरहेका थिए। यसैक्रममा अचानक आएको तुफानले डुङ्गा पल्टाएको बताइएको छ। उद्धारमा खटिएका टोलीले लगातारको भारी वर्षाका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको जनाएका छन्।

दुर्घटनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू उद्धार तथा राहत कार्यमा सक्रिय छन्। घटनाले भियतनामको पर्यटकीय सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com