काठमाडाैं । दैलेखमा जबरजस्ती करणीका घटनामा वर्षेनी वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा ६३ जना जबरजस्ती करणीका पीडितका उजुरीमा आधारित मुद्दा दर्ता भएका छन्।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा १८, ०८०/०८१ मा २० र ०८१/०८२ मा २५ जनामाथि जबरजस्ती करणी भएको उजुरी परेका थिए। उजुरीका आधारमा प्रहरीले ५५ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

advertisement

जबरजस्ती करणीका घटनामा आफन्तबाटै पीडित हुने क्रम बढ्दो रहेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी प्रमुख (डिएसपी) गणेश बरालका अनुसार यस्ता घटनामा प्रहरीले संवेदनशीलता देखाउँदै पीडितको संरक्षण र दोषीको तत्काल कारबाहीमा जोड दिइरहेको छ।

जबरजस्ती करणीका घटनापछाडि आत्महत्या गर्नेको संख्या समेत बढ्दो रहेको प्रहरीको दाबी छ। पछिल्ला तीन आर्थिक वर्षमा मात्र दैलेखमा १४१ जना व्यक्तिले आत्महत्या गरेको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

त्यस्तै, लागुऔषध दुर्व्यसनसम्बन्धी घटनामा पनि वृद्धि देखिएको छ। प्रहरीका अनुसार तीन वर्षको अवधिमा लागुऔषध सम्बन्धी १९ मुद्दा दर्ता भएका छन्। ती घटनामा ३१ जना पक्राउ परेका थिए। पक्राउ परेका मध्ये अधिकांश १८ देखि ३० वर्ष उमेर समूहका युवा रहेका छन्।

प्रहरीले तीव्र रुपमा परिवर्तन भइरहेको सामाजिक र पारिवारिक संरचना, बेरोजगारी र अभिभावकीय कमजोरीका कारण यस्ता आपराधिक गतिविधि बढिरहेको बताउँदै नियन्त्रणका लागि समन्वयात्मक प्रयास आवश्यक रहेको उल्लेख गरेको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com