काठमाडौं ।  पूर्व मन्त्री सुदन किरातीले जनगायक जीवन शर्माले नेपाल नाट्य संगीत प्रतिष्ठानको कुलपति बन्ने प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका छन्।

advertisement

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको स्मृतिमा किरातीले लेखेका छन्, “३ फागुन २०७९ मा मन्त्री रहेकै बेला मैले उहाँलाई कुलपति बनिदिन आग्रह गरेको थिएँ। तर उहाँले स्पष्ट रुपमा भन्नुभयो-कृपया मलाई कुलपति नबनाइदिनुहोस्।”

किरातीका अनुसार जीवन शर्माको यस्तो उत्तरले आफूलाई पनि गहिरो प्रभाव पारेको थियो। उनले लेखेका छन्, “त्यति ठूलो पद आफैं प्रस्ताव गर्दा समेत नमानेको व्यक्ति भेट्दा लाग्यो-नेपालमा अझै सिद्धान्तका लागि टिक्ने व्यक्तिहरू बाँकी छन्।”

हालै फेरि भेट भएको प्रसंग स्मरण गर्दै किरातीले लेखेका छन्, “हाम्रो सम्मान एकअर्काप्रति अझ गहिरिएको रहेछ। उहाँको प्रसिद्ध गीत-‘चाहिँदैन मलाई सुनको दरबार, चाहिँदैन मलाई सम्पतिको रास’ झझल्कियो।”

जनगायक जीवन शर्मा विगत चार दशकदेखि जनसंघर्ष, वर्गीय चेतना र नेपाली समाजको जीवन्तताको प्रतिनिधित्व गर्ने गीत गाएर परिचित छन्। उनका दर्जनौँ गीतहरू जनगायकको रूपमा स्थापित छन्।

 

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com