तस्बिर: क्यान
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई लगातार दोस्रोपटक ‘आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर २०२४’ अवार्ड प्रदान गरेको छ।
सिंगापुरमा सम्पन्न आईसीसीको वार्षिक साधारण सभामा नेपाल क्रिकेट संघ (क्यान)लाई उक्त अवार्ड प्रदान गरिएको हो। आईसीसी अध्यक्ष जय शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्कालाई पुरस्कार हस्तान्तरण गरेका थिए।
नेपालले आईसीसी विकास श्रेणी अवार्डअन्तर्गत उक्त अवार्ड जितेको हो। एसिया क्षेत्रको विजेता बनेको नेपालले त्यसपछि ग्लोबल छनोटमा प्रवेश पाएको थियो।
ग्लोबल छनोटमा एसिया क्षेत्रबाट नेपाल, अफ्रिका क्षेत्रबाट नामिबिया, अमेरिका क्षेत्रबाट बर्मुडा र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट इन्डोनेसिया सहभागी थिए। तीमध्ये नेपालले उत्कृष्ट डिजिटल फ्यान इनगेजमेन्ट देखाउँदै अवार्ड जित्न सफल भएको हो।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया