काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासल पुगेकी छन्।

उनको च्यासल पुग्नुको मुख्य उद्देश्य पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु रहेको छ। तर, प्रधानमन्त्री ओली निर्धारित समयमै पार्टी कार्यालय पुग्न नसकेका कारण भेट केही समयका लागि स्थगित भएको छ।

advertisement

दिउँसो ३ बजेका लागि तय गरिएको भेट प्रधानमन्त्रीको व्यस्त कार्यतालिकाका कारण ढिला भएको हो। पार्टी स्रोतका अनुसार ओली केहीबेरमै च्यासल पुग्नेछन्।

पछिल्लो समय एमालेमा भण्डारीको सक्रिय राजनीतिक प्रवेशको चर्चा चलिरहेको बेला अध्यक्ष ओली र भण्डारीबीचको यो भेटलाई विशेष ध्यानका साथ हेरिएको छ। एमालेमा जारी पोलिटब्युरो बैठक, रणनीतिक छलफलहरू र सांगठनिक सक्रियताबीच हुने यो भेटलाई राजनीतिक सन्देशसहितको भेटका रूपमा बुझिएको छ।

भण्डारी च्यासल पुगेसँगै एमाले पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूको उपस्थिति बाक्लिँदै गएको छ। भेटवार्ताबाट के निष्कर्ष निस्कन्छ भन्ने चासो एमालेभित्र मात्र होइन, नेपाली राजनीतिक वृत्तमै देखिएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com