काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता सुरु भएको छ।

पूर्वराष्ट्रपति भण्डारी पार्टी कार्यालय पुगेको करिब आधा घण्टापछि अध्यक्ष ओली पनि आइपुगेका थिए।

advertisement

एमालेको केन्द्रीय कमिटी बैठक बस्नुभन्दा एक दिनअघि हुन लागेको यो भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

दुई कार्यकाल राष्ट्रपति रहेर बिदा भएपछि उनले पार्टीको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिसकेकी छन्। एमाले उपाध्यक्ष पद त्यागेर राष्ट्रपति बनेकी उनले सदस्यता नवीकरण गरिसकेको बताएकी छन्।

तर, पार्टीले भने उनको सदस्यता ‘पेन्डिङ’ रहेको जनाएको छ। सदस्यता प्रदान गर्ने वा रोक लगाउनेबारे पार्टीले अब निर्णय गर्ने नेताहरूले बताइरहेका छन्।

पार्टीको सचिवालय र पोलिटब्यूरो बैठकले राष्ट्रपति भइसकेको व्यक्ति पुन: पार्टी राजनीतिमा फर्किनु गम्भीर विषय भएको बताउँदै त्यसबारे पार्टीले उचित समयमा उचित निर्णय लिने निष्कर्ष निकालिसकेको छ।

उनलाई विधान महाधिवेशनमा सहभागी हुन दिने वा नदिनेबारे पनि पार्टी अनिर्णीत छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com