काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा भइरहेको लोडसेडिङको प्रमुख कारण नेतृत्वको कमजोरी भएको बताएका छन्।

नागरिक संवाद कार्यक्रममार्फत बोल्दै घिसिङले भने, “लोडसेडिङ विद्युत् अभावका कारण होइन, नेतृत्वको फेलियर हो। व्यवस्थापनले कहाँ चुक्यो, के भैरहेको छ भनेर नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्छ।”

advertisement

उनले हाल नेपाल विद्युत निर्यात गरिरहेको अवस्थामा पनि भित्रै ३–५ घण्टा लोडसेडिङ हुनु दुःखद् भएको उल्लेख गरे। “बिजुली छ, हामी बेचिरहेका छौँ, तर भित्र झ्यापझ्याप बत्ती जानु गम्भीर कुरा हो,” घिसिङले भने, “यसको जवाफ म्यानेजमेन्ट र नेतृत्वले दिनुपर्छ।”

प्राधिकरणको नेतृत्वमा रहँदै लोडसेडिङ अन्त्य गरेका घिसिङ २०८१ चैत ११ मा बर्खास्तीमा परेका थिए। अहिले हितेन्द्रदेव शाक्यले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका छन्। तर, त्यसयता नियमित रूपमा बत्ती जान थालेको भन्दै उपभोक्ताले गुनासो गरिरहेका छन्।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com