काठमाडौं । निजामती सेवा विधेयकमा भएको गडबडीबारे छानबिन गर्न गठित संसदीय समितिले प्रमुख चार राजनीतिक दलका प्रमुख र मुख्य सचेतकहरूलाई सोमबार बयानका लागि बोलाएको थियो। समितिमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतकहरूले आ–आफ्नो धारणा राखे।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले विधेयकमा भएको त्रुटि मानवीय गल्ती हो वा नियोजित षड्यन्त्र, त्यसको यकिन पहिचान गर्न समिति संयमित भएर अघि बढ्नुपर्ने सुझाव दिए।

advertisement

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधेयकप्रति व्यापक चासो हुनु स्वभाविक भएको भन्दै समितिको निष्कर्षलाई स्वीकार गर्ने बताए।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने नियोजितरूपमा ‘कुलिङ पिरियड’ हटाउने षड्यन्त्र गरिएको दाबी गरे। पाण्डेले उच्च पदस्थ कर्मचारीको संलग्नता रहेको भन्दै दोषीमाथि कडा कारबाही सिफारिस गर्न आग्रह गरे।

सचेतकहरूबीच कुलिङ पिरियड आवश्यक छ वा छैन भन्नेबारे स्पष्ट मत नआए पनि समितिलाई निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सबैले सुझाव दिएका छन्।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com