काठमाडौं । अडियो प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छलफलका लागि उपस्थित हुन बोलाएको छ।

आयोग स्रोतका अनुसार गुप्तालाई भोलिसम्म अख्तियारमा हाजिर हुन भनिएको छ। उनलाई सोधपुछका लागि बोलाइएको भए पनि आयोगले औपचारिक रूपमा जानकारी भने सार्वजनिक गरेको छैन।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले यसबारे ठोस विवरण दिन नसक्ने बताए। “बोलाइएको हुन सक्छ, तर कहिले र कुन मितिमा भन्ने अहिले यकिन छैन,” पौडेलले भने।

आयोगका एक कर्मचारीका अनुसार गुप्तालाई प्रारम्भिक सोधपुछका लागि बोलाइएको हो। अडियो काण्डमा उनको संलग्नता र स्वरबारे छानबिन गर्न सकिने अनुमान गरिएको छ।

गुप्ताले अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com