तस्बिर: X

एजेन्सी ।  बंगलादेशको राजधानी ढाकाको उत्तरा क्षेत्रमा सोमबार बंगलादेश वायु सेनाको एफ-७ प्रशिक्षण विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ। विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको थियो।

advertisement

दुर्घटनापछि उद्धार कार्य जारी छ भने सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा घाइतेहरुलाई भवनबाट निकालिएको देखिन्छ। उनीहरूलाई उत्तरा आधुनिक अस्पताल*सहितका विभिन्न स्वास्थ्य संस्थामा भर्ना गरिएको छ।

ढाकास्थित अग्नि नियन्त्रण सेवाको कन्ट्रोल रुममा कार्यरत लिमा खनामले स्थानीय समय अनुसार दिउँसो १:१८ बजे दुर्घटनाबारे सूचना प्राप्त भएको जानकारी दिइन्।

ढाका महानगर प्रहरी उप-आयुक्त मुहिदुल इस्लामले विमान प्रशिक्षणका क्रममा दुर्घटनामा परेको पुष्टि गर्दै घटनास्थलमा उद्धार कार्य जारी रहेको बताए।

दुर्घटनाको कारण खुलाइएको छैन। थप अनुसन्धान जारी रहेको अधिकारीहरुले जनाएका छन्।

 

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com