काठमाडाैं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले गठबन्धनको भावनाअनुसार काम गर्नुपर्ने बताएका छन्।

सोमबार (आज) चाक्सीबारीमा सात नेताहरूको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताए। ‘हाम्रो मान्यता के छ भने यो गठबन्धनको सरकार हो, नेपाली कांग्रेस र एमालेको। गठबन्धनको भावनाअनुसार सरकारले काम गर्नुपर्छ,’ उनले भने।

advertisement

सिटौलाले गठबन्धन ०८४ सम्म नै जाने बताए। ‘र, यो गठबन्धनचाहिँ ०८४ को निर्वाचनसम्म नै जान्छ, जाने गरी त्यो विश्वासको आधारमा सरकारले अझै राम्रो गरी काम गरोस् भन्ने हाम्रो धारणा छ,’ उनले भने।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com