काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका– २ स्थित ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेहरूमा संखुवासभाको चैनपुर नगरपालिका–१ घर भई इटहरीमा बस्दै आएका ११ वर्षीय क्रिश्वास लिम्बु र इटहरी–३ का ८ वर्षीय दिप्सन चौधरी रहेका छन् ।

उनीहरू आइतबार गते दिउँसो खोलामा पौडी खेल्न गएका थिए । खोलामा डुबेको अवस्थामा उनीहरूको उद्धार गरी उपचारका लागि तत्काल अस्पताल पुर्याइएको थियो। क्रिश्वास लिम्बुलाई विराटनगरस्थित विराट मेडिकल कलेज र दिप्सन चौधरीलाई नोबेल अस्पताल लगिएको थियो।

advertisement

तर, उपचारकै क्रममा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ। यस घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com