काठमा्डौं । माथिल्लो काबेली जलविद्युत् आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ । ताप्लेजुङको सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकामा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाको इन्टेकदेखि अडिटसम्मको एक हजार सात सय ७२ मिटर लामो सुरुङमार्ग मङ्गलबार ‘ब्रेक थ्रु’ भएको हो ।

अडिटबाट आउटलेटसम्मको सुरुङमार्ग निर्माण धमाधम भइरहेको आयोजनाका व्यवस्थापक प्रकाश ढुङ्गानाले बताए । उनका अनुसार अहिले अडिटबाट आउटलेटसम्मको एक हजार तीन मिटर सुरुङमार्गको काम धमाधम भइरहेको छ ।

advertisement

जलविद्युत् आयोजनाका व्यवस्थापक ढुङ्गानाले २८।१ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको इन्टेकदेखि अडिटसम्मको सुरुङमार्ग ‘ब्रेक थ्रु’ सँगै निर्माण कार्य अझै गति लिने आयोजनाले जनाएको छ ।

सिरिजङ्घा गाउँपालिकाको सिनाम, आम्बेगुदिन र तेल्लोक तथा सिदिङ्वा गाउँपालिकाको लिम्बूदिन र मेहेले आयोजनाको मुख्य क्षेत्र रहेको ढुङ्गानाको भनाइ छ । आयोजनाको कुल लागत पाँच अर्ब ६४ करोड रुपियाँ रहेको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com