रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराइ मन्दिर परिसरमा नव निर्मित ४५ फिट अग्लो महादेवको मूर्ति अनावरण गरिएको छ ।
चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय कुमार काफ्ले र रौतहट क्षेत्र नं ४ का निर्वतमान प्रदेशसभा सदस्य धनलाल ठोक्करले सोमबार सो मूर्तिको अनावरण गरेको वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतले जानकारी दिए ।
धार्मिक पर्यटकिय क्षेत्रको रुपमा रहेको पौराई ब्रहमस्थान परिसरमा महादेवको मूर्ति निमार्णले धार्मिक पर्यटकहरुलाइ थप आकर्षित गर्ने नगर प्रमुख काफ्लेले बताए ।
विसं. २०७५ सालमा शुरु भएको महादेवको मूर्ति निमार्ण कार्य विभिन्न कारणले ढिला भएको र अहिले आएर सम्पन्न भएको निमार्ण समितिका अध्यक्ष रुपेश पण्डितको भनाइ छ । मधेश प्रदेश सरकार र चन्द्रपुर नगरपालिकाको सहयोगमा करिव ७६ लाखको लागतमा महादेबको मूर्तिको निर्माण भएको हो ।
४५ फिट अग्लो महादेवको मूर्ति पौराइ क्षेत्रका लागि आकर्षणको केन्द्र बनेको सरोकारवाला बताउँछन् । यसअघि सो स्थानमा रहेको ३२ फिट अग्लो महादेवको मूर्ति २०७२ सालको भूकम्पमा ढलेको थियो ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया