काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेर १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको भाउपनि आज बढेको छ । चाँदी अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँ बढेर प्रतितोला २ हजार ३२० रुपैयाँ मूल्य कायम भएको छ ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया