काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले राष्ट्रिय सभामा पेस गरेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी संशोधन फिर्ता नगरे गठबन्धनमा दरार आउने चेतावनी दिएका छन्।

४३औँ बीपी स्मृति दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै शर्माले प्रतिनिधिसभाबाट सर्वसम्मत पारित दुई वर्षे कुलिङ पिरियडको निर्णयविरुद्ध राष्ट्रिय सभामा आएको संशोधन आपत्तिजनक रहेको बताए।

advertisement

उनले राज्य व्यवस्था समितिबाट पारित निर्णयलाई उल्टाउने प्रयासले दुर्घटना निम्त्याउने भन्दै, प्रधानमन्त्री ओलीलाई गठबन्धनमा बढ्दै गएको असमझदारीको समाधान खोज्न आग्रह गरे।

शर्माले निर्णयमा सहमति जनाएर पछि संशोधन ल्याउनु गठबन्धनको आत्मालाई कमजोर बनाउने उल्लेख गरे। संघीय निजामति विधेयकमा एमालेको पछिल्लो व्यवहारप्रति कांग्रेस असन्तुष्ट रहेको पनि उनले प्रस्ट पारे।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com