काठमाडौं । नेपाली कांग्रेसले सरकारी कर्मचारीका लागि ‘कुलिङ पिरियड’ चार वर्ष कायम गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद नारायणदत्त भट्टले दुई वर्षको सट्टा चार वर्षको कुलिङ पिरियड लागू गर्नुपर्ने धारणा राखेका हुन्।

उनले भने, “कुलिङ पिरियड आवश्यक छ, तर दुई वर्षको ठाउँमा चार वर्ष बनाउनु पर्छ।” प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारीले राजीनामा वा अवकाश लिएपछि दुई वर्षभित्र कुनै संवैधानिक, कूटनीतिक वा अन्य नियुक्ति नपाउने व्यवस्था छ।

advertisement

तर, उक्त प्रावधानलाई विधेयकको प्रतिवेदनमार्फत निष्क्रिय पार्न खोजिएको भन्दै विवाद उत्पन्न भएको थियो। प्रतिनिधिसभामा यसबारे विशेष छानबिन समिति समेत गठन भइसकेको छ।

यसबिच, राष्ट्रिय सभामा नेकपा एमालेले कुलिङ पिरियड नै हटाउने संशोधन प्रस्ताव दर्ता गरेको छ। यसको विरोध गर्दै सांसद भट्टले चेतावनीसाथ भने, “कुलिङ पिरियड हटाउने संशोधनहरू गम्भीर राजनीतिक विवादमा पर्न सक्छन्। जसले संशोधन हाले, उसले २०८४ को चुनावसम्म सोचेर ख्याल गर्नुपर्छ।”

उनले राष्ट्रिय सभाले विवेकसम्मत निर्णय लिने विश्वास व्यक्त गर्दै राष्ट्रहित र जनताको पक्षमा कानून निर्माण हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com