धनगढी । सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीबीच तीव्र झडप भएको छ ।
स्ववियु निर्वाचन गत चैत ५ गते तोकिए पनि तोकिएको समयमा सम्पन्न हुन नसकेपछि विश्वविद्यालयले आगामी साउन १४ गते निर्वाचन मिति तय गरेको थियो । सोही निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदै गर्दा दुई विद्यार्थी संगठनबीच वादविवाद चर्किएर झडपमा परिणत भएको हो ।
झडपका कारण उम्मेदवारी दर्ता प्रक्रियामा अवरोध उत्पन्न भएको र निर्वाचन सम्बन्धी कार्य स्थगित गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।
झडप नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले केही समय बल प्रयोग गर्नुपरेको थियो ।
विश्वविद्यालय परिसरमा हाल स्थिति सामान्य भए पनि सुरक्षा सतर्कता बढाइएको छ ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया