काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकमा देखिएको राजनीतिक अस्थिरता र व्यापक भ्रष्टीकरणका लागि माओवादीलाई मुख्य जिम्मेवार ठहर गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले आफैंले नेतृत्व गरेको क्रान्तिलाई नै अपमानजनक मोडमा पुर्‍याएको आरोप लगाए।

advertisement

‘देशमा राजनीतिक अस्थिरता र भ्रष्टीकरण निम्त्याउनेमा माओवादी सबैभन्दा अगाडि छ,’ विप्लवले भने, ‘मैले प्रचण्डजीलाई पनि स्पष्ट भनेको छु— आजको राजनीति भ्रष्ट र दिशाहीन हुनुमा बलिदानी दिने क्रान्तिकारीहरू अपमानित हुनुको मुख्य दोष माओवादीमै छ। अब अरूलाई दोष दिएर उम्किन सकिन्न।’

उनले माओवादी नेतृत्वले सिद्धान्त, वर्गीय विचार र आदर्शहरू त्यागेको भन्दै गम्भीर आलोचना गरे। ‘२०५७ सालमा कम्युनिस्टहरूले उठाएका आदर्शहरू कहाँ हराए? बैंक, अस्पताल, सहकारीका नाममा उठाइएको सम्पत्ति कता पुग्यो? त्यो सबै जनताका नाममा थियो, कार्यकर्ताका लागि थियो, तर त्यो लुटियो,’ उनले थपे।

विप्लवले अबको मार्ग जनतामै केन्द्रित हुनु पर्ने र विचारधाराको आत्ममूल्यांकन आवश्यक रहेको धारणा राखे।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com