काठमाडौं । प्रतिनिधिसभाको भोलि (बुधबार) दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रत्यक्ष प्रश्न गर्ने अवसर पाउने भएका छन्।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

advertisement

कार्यसूचीको दोस्रो बुँदामा उल्लेख गरिएको छ, “सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत परिच्छेद–९ बमोजिम माननीय सदस्यहरूद्वारा उठाइएका प्रश्नहरूको उत्तर दिनुहुनेछ।”

बैठकमा सांसदहरूले राष्ट्रिय चासोका समसामयिक विषयहरूमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्ने व्यवस्था छ, जसका आधारमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनेछन्।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com