काठमाडौं । एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने निर्णय गरेको छ ।
मंगलबार राति अबेरसम्म बसेको केन्द्रीय कमिटीले भण्डारीलाई राजनीतिमा ल्याउन नहुने निष्कर्ष निकालेको हो । यस्तै एमालेले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने पनि समेत निर्णय गरेको छ ।
तर कतिपय एमालेका केन्द्रीय नेताले भने पार्टीले गरेको निर्णयमा असुन्तुष्टी जनाएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा आउन नदिने निर्णयमा सुरेन्द्र पाण्डे, युवाराज ज्ञवाली र कर्ण थापाले असहमति व्यक्त गरेका छन् ।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया