काठमाडौं । जुम्लाका छ वटा स्थानीय तहले करार कर्मचारीलाई हाजिर नगराउने भएका छन् । ती तहले सूचना जारी गरी साउन १ गतेदेखि करारका कर्मचारीलाई हाजिर नगर्ने भनेका छन् । यी सूचनाले ठुलो सङ्ख्यामा करारका कर्मचारी प्रभावित भएका हुन् ।
जिल्लाको सिँजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठीचौर गाउँपालिका सङ्घ र प्रदेशबाट स्रोत सुनिश्चित नभएका कर्मचारीलाई साउन महिनाबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरिएको छ ।
प्रदेश स्थानीय सेवा ऐन, बमोजिम कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने प्रदेश र सङ्घबाट बजेट सुनिश्चित भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको हो । कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा ९गठन तथा सञ्चालन० ऐन २०८१ को दफा १४ ९१० बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन् ।
जुम्लाको पातारासी गाउँपालिकामा १०२, कनकासुन्दरीमा ८४, तिलामा ६२ स्वास्थ्यकर्मी, कार्यालय सहयोगीसहितका कर्मचारी प्रभावित हुने भएका छन् । शिक्षकको तथ्याङ्क आउन बाँकी रहेको छ । यसै गरी तातोपानी गाउँपालिकामा २५, सिँजामा २४, गुठीचौरमा २१ र हिमा गाउँपालिकामा झन्डै ७० भन्दा बढी कर्मचारी प्रभावित हुने भएका छन् । यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन् ।
जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानका अनुसार यो निर्णयले तिलाका चार वटा आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन् ।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया