काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको भविष्य अझै सशक्त र सम्भावनायुक्त रहेको बताएका छन्।

बुधवार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान चुनौतीहरूप्रति निराश नहुन कार्यकर्तालाई आग्रह गरे।

advertisement

“चुनौती आइरहन्छन् भन्ने मात्रै भएर पलायन हुने होइन, चुनौतीहरूसँग जुध्दै निर्धारित ध्येयतर्फ अघि बढ्न सकेमा साँचो विचार र मार्ग पत्ता लाग्छ,” उनले स्पष्ट पारे।

उनको भनाइमा, पार्टीभित्रका आन्तरिक विषयहरू बैठकमै छलफल हुनुपर्छ, सडकमा जथाभाबी बोलेर वा निराशा फैलाएर पार्टीको मर्यादा तोड्न खोज्नेहरूप्रति कडा प्रतिवाद हुनुपर्ने आवश्यकता छ। “अनुशासनमा रहन सके पार्टीप्रति जनविश्वास बढ्छ,” अध्यक्ष नेपालले भने।

उनले समाज परिवर्तनको अभियान अझै पनि आफूहरूकै काँधमा रहेको उल्लेख गर्दै समाजवादको सपना साकार पार्ने जिम्मेवारी पूरा गर्न कार्यकर्ताहरूलाई आह्वान गरे।

“पुष्पलालले देखाएको बाटो हाम्रो मूल आधार हो। त्यो मार्गलाई दृढतापूर्वक अँगालेर अघि बढ्न सके समाज परिवर्तनको सपना पुरा हुन्छ,” उनले जोड दिए।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com