काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले आफूलाई पार्टीमा कुनै पदको लालसा नभएको तर अर्थपूर्ण कार्यक्षेत्र नदिने हो भने पार्टीमा लामो समय टिक्न नसक्ने स्पष्ट चेतावनी दिएका छन्।

बुधबार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै उनले भने, “पद होइन, मलाई जिम्मेवारी दिनुहोस्। काम बिना कोराको पद मलाई स्वीकार्य छैन। यदि जिम्मेवारी नै दिन सकिन्न भने म धेरै समय पार्टीमा बस्न सक्दिन।”

advertisement

गौतमले नेतृत्वसमक्ष आग्रह गरे— “काम दिनका लागि आवश्यक भए नयाँ पद नै सिर्जना गर्नुहोस्, तर त्यो जिम्मेवारीसहित हुनुपर्छ। म कुनै पनि हालतमा नामको पद चाहन्न।”

कार्यक्षेत्रका रूपमा उनले एक वा दुई जिल्ला, पालिका वा अन्य संगठनात्मक संरचनाको जिम्मा लिएर काम गर्न चाहेको उल्लेख गरे। जनवर्गीय र सामाजिक संगठनहरूमार्फत जनसंगठन बलियो बनाउँदै अघि बढ्न आफू तयार रहेको स्पष्ट गरे।

उनले समाजवाद निर्माण नेपालको संविधानले तय गरेको मूल उद्देश्य भएको उल्लेख गर्दै त्यसलाई साकार पार्दै नेपाललाई समृद्ध र विकसित राष्ट्र बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com