काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठलाई नेपाली समाज परिवर्तनका मार्गदर्शक र कहिल्यै नबिर्सिने व्यक्तित्वको रूपमा स्मरण गरेका छन्।

४७औँ पुष्पलाल स्मृति दिवसका अवसरमा बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले पुष्पलालको जीवन दर्शन, सैद्धान्तिक विचारधारा र राजनीतिक प्रतिबद्धता आजको समावेशी, समानतामूलक र लोकतान्त्रिक समाज निर्माणका लागि प्रेरणास्रोत भएको बताएका हुन्।

advertisement

उनले भनेका छन्, “पुष्पलालको नेतृत्वमा सुरु भएको जनताको अधिकार र समाज रूपान्तरणको यात्रा आज विभिन्न रूपले अगाडि बढिरहेको छ। हामी उहाँको योगदानलाई सधैँ सम्झिरहनेछौँ।”

पार्टी स्थापनादेखि निरङ्कुश सत्ताविरुद्धको आन्दोलनमा जनतालाई संगठित गर्न गरिएको पुष्पलालको भूमिका अझै सान्दर्भिक रहेको उनले उल्लेख गरेका छन्। साथै, पुष्पलालले वर्गीय अन्तरविरोध, वर्ग संरचना र सामाजिक परिवर्तनलाई माक्र्सवादी दृष्टिकोणबाट व्याख्या गर्दै नेपाली समाजमा भौतिकवादी विश्लेषणको आधार स्थापित गरेको अध्यक्ष नेपालको भनाइ छ।

विज्ञप्तिमा अध्यक्ष नेपालले लोकतान्त्रिक मूल्य र सिद्धान्तमा आधारित समृद्ध समाजवादी व्यवस्था निर्माणमा पार्टी कटिबद्ध रहेको उल्लेख गरेका छन्। पुष्पलालद्वारा प्रतिपादित क्रान्तिकारी सिद्धान्तलाई पार्टीले आफ्नो मार्गदर्शनको रूपमा ग्रहण गरेको उनले स्पष्ट पारेका छन्।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com