धनुषा ।  उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धाले पार्टीलाई कमजोर बनाउने बताएका छन्।

धनुषा जिल्ला कांग्रेस कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै सिंहले एकले अर्कालाई गाली गरेर होइन, आन्तरिक कमजोरी सच्याएर मात्र पार्टी सुदृढ बन्न सक्ने बताए। “हिलो छ्यापाछाप गरेर पार्टी बलियो हुँदैन,” सिंहले भने, “अस्वस्थ प्रतिस्पर्धाले कसैको हित गर्दैन। त्रुटिहरू सच्याएर अघि बढ्नुपर्छ।”

advertisement

पूर्वमहामन्त्रीसमेत रहेका सिंहले कांग्रेस बलियो नभए संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन कठिन हुने भन्दै संगठन सुदृढीकरणमा ध्यान दिन पार्टी नेताहरूलाई आग्रह गरे।

सिंहले चुरे दोहन नरोकिएसम्म चुरे संरक्षण सम्भव नभएको बताए। चुरे विनाशका कारण मधेसमा पानीको समस्या बढेको भन्दै उनले सरकार उक्त समस्याप्रति गम्भीर रहेको जानकारी दिए। “मन्त्रिपरिषद् बैठकले पनि यसबारे केही निर्णय लिँदैछ,” उनले जानकारी गराए।

कार्यक्रममा स्थानीय तहका प्रमुखहरूले यस वर्ष शहरी विकास मन्त्रालयबाट अहिलेसम्मकै धेरै बजेट धनुषाका लागि प्राप्त भएको भन्दै उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिएका थिए।

सिंहले धनुषास्थित सीता पुष्प वाटिका (राम–सीता विवाह मण्डप) तथा महोत्तरीको जलेश्वरमा निर्माण भएको बहुउद्देश्यीय भवनको उद्घाटन समेत गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com