काठमाडाैं । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

वीरेन्द्रनगर नगरपालिका–११, धुलियाबिट नजिक घाँस झारिरहेका दुई व्यक्तिलाई बोलेरो गाडीले ठक्कर दिँदा ३४ वर्षीय प्रेम बुढाको ज्यान गएको हो। पेट र टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि तत्काल अस्पताल पुर्‍याइएको थियो। तर बिहान ११:१० बजे उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ।

advertisement

उक्त दुर्घटनामा ३२ वर्षीया तिलकुमारी बुढा घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा संलग्न कर्णाली प्रदेश ०२००१ च ०९४४ नम्बरको बोलेरो गाडी तीव्र गतिमा वीरेन्द्रनगरतर्फ आउँदै गर्दा दुर्घटना भएको बताइएको छ।

गाडी चालक, लेकवेशी नगरपालिका–६ निवासी २१ वर्षीय यामलाल सुनारलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान थालेको छ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com