काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणमा संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरेको भन्दै बुधबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएपछि रास्वपा र राप्रपाका सांसदहरूले उभिएर विरोध जनाए।
रास्वपाकी सांसद विन्दवासिनी कंसकारले बोल्ने अवसर पाउँदा भिजिट भिसा प्रकरणमा गम्भीर छानबिनको माग गर्दै हालसम्म कुनै पनि समिति नबनाइएकोप्रति असन्तुष्टि जनाइन्। उनले समिति गठन नभएसम्म सदनमा निरन्तर विरोध गर्ने स्पष्ट पारिन्।
त्यसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न दिए। अध्यक्ष लिङ्देनले पनि भिजिट भिसा प्रकरणमा पटक–पटक माग गर्दा पनि कुनै छानबिन समिति नबनाइएको भन्दै विरोध जारी राख्ने घोषणा गरे।
दुबै पार्टीले छानबिनबिनाको अवस्था स्वीकार्य नहुने बताउँदै संसदभित्रको दबाब निरन्तर राख्ने चेतावनी दिएका छन्।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार












प्रतिक्रिया