काठमाडौं ।  हेल्प नेपाल क्लब काभा च्याम्पियन्स लिगमा तेस्रो भएको छ।

माल्दिभ्सको मालेमा बुधवार सम्पन्न प्रतियोगिताअन्तर्गत तेस्रो स्थानको खेलमा श्रीलंका पोर्टलाई ३–१ को सेटमा हराउँदै नेपाली टोलीले कास्य जितेको हो।

advertisement

खेलको पहिलो सेटमा हेल्प नेपालले श्रीलंकन टिमलाई लगातार पछि पार्दै २५–२० को जित दर्ता गरेको थियो।  त्यसैगरी, दोस्रो सेटमा पनि हेल्प नेपालले एक समय १९–९ को फराकिलो अग्रता बनाएको थियो।

कमब्याकका सबै प्रयास सदुपयोग गर्न नसकेको श्रीलंकन टिम यो सेटमा २५–१५ ले विजयी भएको हो।

तर तेस्रो सेटमा हेल्प नेपालले सुरुआतबाटै अग्रता बनाउन सकेन। लगातार दबाब बनाएर श्रीलंका पोट्सले २५–२० को जित हाासिल गर्‍यो। तर चौथो सेटमा १०–१० को बराबरीबाट अघि बढेर २५–२१ को जित निकालेको हो।

 

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com