काठमाडौं । आइटाना बोनमटीले गरेको एक मात्र गोलको मद्दतले विश्व च्याम्पियन स्पेनले जर्मनीलाई १–० ले पराजित गर्दै बिहीबार वुमेन्स युरो २०२५ को फाइनल यात्रा तय गरेको छ । अब उपाधिको भीडन्तमा उसले इंग्ल्यान्डको सामना गर्नेछ ।

ज्युरिचमा भएको खेल टाइब्रेकरतर्फ अग्रसर भएको बेला बेल डे’अर विजेता बोनमटीले १ सय १३ औँ मिनेटमा निर्णायक गोल गरिन् । पूरा खेल अवधिमा बार्सिलोकी बोनमटीको प्रदर्शन उत्कृष्ट रह्यो ।

advertisement

स्पेनले जर्मनीलाई महिलाको अन्तर्राष्ट्रिय फुटबलमा हराएको यो नै पहिलो पटक हो । अब उसले पहिलो पटक युरोको फाइनल पनि खेल्नेछ ।

फाइनल आइतबार बासेलमा हुनेछ । यो सन् २०२३ को विश्वकप फाइनलको पुर्नरावृत्ति हुनेछ । त्यसमा स्पेनले इंग्ल्यान्डलाई सिड्नीमा १–० ले नै पराजित गरेको थियो ।

 

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com