काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले हवाई सेवा व्यवस्थित र प्रभावकारी बनाउन स्वदेशी जनशक्ति अनिवार्य रहेको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले हवाई क्षेत्रमा परनिर्भरता हटाउन सक्ने उपायको रूपमा दक्ष स्वदेशी जनशक्ति उत्पादन र प्रशिक्षणलाई जोड दिए।

advertisement

समितिमा छलफलका लागि प्रस्तुत ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ सन्दर्भमा पाण्डेले भने, “जनशक्ति उत्पादन र प्रशिक्षण गरेर मात्रै हवाई सेवा प्रभावकारी बनाउन सकिन्छ। तर, त्यो जनशक्ति नेपालकै हुनुपर्छ। अब जनशक्तिका लागि बाहिरी देशमा निर्भर रहनु हुँदैन।”

उनले उक्त विधेयकको प्रस्तावनादेखि नै स्वदेशी जनशक्ति उत्पादन र उपयोगको विषय समावेश गर्नुपर्ने सुझाव दिए ।

साथै, हवाई सेवा प्राधिकरणलाई अझ प्रभावकारी बनाउने उद्देश्यले मन्त्रीकै नेतृत्वमा गठन गर्ने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव थियो ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com