काठमाडौँ । सभामुख देवराज घिमिरेले देशमा सडक आन्दोलनपछि मात्र नागरिकका मागहरू सुनुवाइ हुने परिपाटी अन्त्य गर्नुपर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा हस्तान्तरण गरिएको बाँसबाट निर्मित सामग्रीहरू ग्रहण गर्दै सभामुख घिमिरेले राज्यप्रतिको विश्वास कायम राख्न सशक्त नीति आवश्यक रहेको बताए।

advertisement

“हरेक कुरा सडकमा गएर मात्र सुनुवाइ हुने बाध्य परिस्थिति अन्त्य गर्न जरुरी छ,” सभामुख घिमिरेले भने, “यदि मागहरू अव्यवहारिक वा असान्दर्भिक छन् भने त्यसको तत्काल स्पष्टीकरण दिन सक्नुपर्छ।”

उनले संवैधानिक ढाँचाभित्र रहेर आवाज उठाउने अधिकार सबै नागरिकको भएको भन्दै, प्रयासका बाबजुद सुनुवाइ नभएमा सडक संघर्ष असंवैधानिक नहुने उल्लेख गरे।

सभामुख घिमिरेले बाँसलाई बहुउपयोगी वनस्पति भन्दै यसको प्रवर्द्धनका लागि आवश्यक कानून निर्माणमा प्रतिनिधिसभा सधैँ तयार रहेको स्पष्ट गरे। उनले बाँसबाट उत्पादन हुने सामग्रीहरूलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सकिने सम्भावनाको पनि चर्चा गरे।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com