काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले हालको मन्त्रिपरिषद्लाई अहिलेसम्मकै सबैभन्दा भ्रष्ट र विवादित भनेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई तीव्र रूपमा आलोचना गरे।
प्रधानमन्त्रीले सार्वजनिक रूपमा “भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ” भने पनि व्यवहारमा त्यो देखिएको छैन भन्दै सांसद ज्वालाले व्यङ्ग्य गरे। उनले भने, “अख्तियारमा बयान दिन मन्त्री, पूर्वमन्त्री र कर्मचारीहरूको जुलुस लागेको छ। यो त अलि लज्जाजनक भएन र प्रधानमन्त्रीज्यू?”
सांसद ज्वालाले भ्रष्टाचारमा संलग्न मन्त्रीहरूलाई राजीनामा दिइरहेकामा मात्रै सन्तोष नमान्न पनि चेतावनी दिए। “राजीनामा दिएर मात्रै उन्मुक्ति हुने होइन,” उनले भने, “उनीहरूलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइनुपर्छ।”
उनले सरकार गठन भएको एक वर्षसम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेकामा आपत्ति जनाउँदै पारदर्शिताको अभावले जनविश्वास खस्किरहेको टिप्पणी गरे।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया