एजेन्सी। रुसी उद्धारकर्मीहरूले बेपत्ता भइरहेको विमान फेला पारेका छन् । आफ्नो गन्तव्यभन्दा १६ किमी पर रहँदा विमान बेपत्ता भएको थियो । उद्धारकर्मीहरूले दुर्घटनाग्रस्त अवस्थामा विमान भेट्टाएका हुन् ।

आपत्कालीन अधिकारीहरूका अनुसार अंगारा एयरलाइन्सको एएन–२४ विमानमा ४३ यात्री र चालक दलका ६ जना सदस्य सवार थिए । विमान चीनको सीमा नजिक ब्लागोवेशचेङ्कबाट उडेको थियो । यो टिंडा विमानस्थल नजिक पुग्नै लाग्दा रडारबाट गायब भयो ।

advertisement

सबै आवश्यक संसाधनहरूलाई विमान खोज्न परिचालन गरिएको अमुरका क्षेत्रीय गभर्नरले भनेका छन् । विमानमा पाँच बालबालिकासहित ४३ जना यात्री र चालक दलका ६ जना सदस्यहरू सवार रहेको उनले बताए ।

रुसको आपत्कालीन मन्त्रालयले बताएअनुसार हेलिकप्टरले विमानको जलिरहेको संरचना देखेको बताइएको छ । यस घटनामा कोही पनि बचेको आशा गरिएको छैन ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com